Skip to main content

Posts

Showing posts from February, 2015

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

कविता- सास फेरुन्जेलसम्म

तिमीले संगीत भरेर पठाएको जिन्दगीको धुन आशाको वस्ती हुदै आइपुग्छ मेरै धड्कनसम्म दिन्छ मेरो मुटुलाई धड्कने शक्ति तिमीले स्केच गरेर पठाएको धमिलो जिन्दगीको तस्बिर रंगहरुको बाटो हुदै आइपुग्छ मेरो दिलको क्यानभाषमा म थाहै पाउदिन कुन बेला मेरा औलाहरुले मिलाइसकेका हुन्छन रंगहरुको संयोजन मलाइ नै थाहा हुदैन कुन बेला छातीमा टाँसीसकेका हुन्छन घामका किरणहरु यहि प्रक्रिया गराउन धर्ति सम्म वर्लन्छन जून यहि हेर्नको लागि हरेक रात उदाउछ यो बतास त केवल हाम्रो हुलाकी भन्दा बढी केहि पनि होइन जो तिमीलाई म सम्म ल्याइपुर्याउछ कुनै दिन निभाएछ भने घामले उज्यालो पठाउन बिर्सेछ भने जूनले रश्मि टुटेछ भने हाम्रो सम्बन्धको तार आउन छाड्लान तिम्रो नामका संगीतहरु बिचमै हराउलान तिमीले पठाएका आकृतिहरु त्यो दिन पनि मैले भुलेको हुदिन सास फेर्न भुलेको हुदिन तिमीलाई सम्झन मात्र माध्यामको अभाबमा तिमीले थाह नपाउन सक्छेउ

भोटेकोशीको किनारमा खसेको राष्ट्रियता

कहिले काहिँ यो दुई पाउको दिमागलाई दुई टन भन्दा पनि ठुलो दुःख दिन मन लाग्छ । अक्सर यस्तै बेला सोची बस्छु । कस्को होला यो सारा भूगोल ? मान्छे को कि देउता को ? कसले सुरु गर्याे होला राष्ट्रियता भन्ने भ्रम । देश ले कि सिमाना ले ? मान्छेले स्वाभिमान र बिरासत त्यागिदियो भने राम्रो हुन्छ कि नराम्रो ? मलाई यो थाहा छ यी प्रश्नहरु उत्तर आउने प्रश्न नै होइनन् । यिनीहरु केवल तर्कका प्रश्नहरु मात्र हुन् । तर्क जे सुकै होस् तर माथिबाट मेरो आत्मालाइ चिठ्ठीमा राखेर पठाउने बेला खाममा ठेगाना लेखिएको थियो , भारतवर्ष , हिमाल नगरी , चिसापानी फाँट   । सायद पठाउनेवाला ले कित्ताकाँट गर्दा चाँही कम्तिमा हाम्रो जस्तो नाम बनाएको छैन होला । उसको ठेगाना बताउने स्टाइल अर्कै होला । म मात्र होइन म जस्तै अहिले यतै वरपर रहेका पौने तिनकरोड आत्महरु मिल्दोजुल्दो ठेगानामा खसेका हुन् । यहाँ आएपछि सबैले थाहा पाए नेपाल भन्ने देशमा पर्दाे रहेछ हामिलाई खसालेको ठाँउ । “ तर कस्तो अचम्म यहाँ त भारत भनेर एउटा भारत मात्र भन्दा रैछ । भारत वर्ष भनेको हाम्रो माथि तिरको भाषामा त धेरै फराकिलो छ । ” यसरि पनि सोचे होलान् क...