फेसबुकको न्युज फिड अपडेट गर्दै थिएँ । एक्कासी एउटा स्ट्याटस आएर आँखामा ठोक्कियो । स्ट्याटस पूर्व प्रधानमन्त्री तथा एनेकपा माओबादी उपाध्यक्ष डा.बाबुराम भट्टराई को थियो । उहाँले लेख्नुभएको थियो, “३०(१९+२०) दलीय मोर्चाद्वारा अग्रगामी संविधानको पक्षमा जनदबाव सिर्जना गर्न आन्दोलनको कार्यक्रम घोषणा, १. पुस १९ गते ७५ जिल्लामा जनप्रदर्शन र सभा २. पुस २५ देखि २९ गतेसम्म विभिन्न प्रदेशमा आमहड्ताल ३. माघ ५ गते देशव्यापी आमहड्ताल यस वीचमा सरकारसंग वार्ता पनि जारी रहने।” सुरुमा त मलाइ यो १९ र २२ जोडेर कसरि ३० हुन्छ भन्ने प्रश्नले अचम्म पार्याे । केहि समय पछाडी उहाँले नै प्रस्ट पारिदिनु भयो “कसरी भने २२ दलीय मोर्चा र १९ दलीय मोर्चामा ११ दल साझा छन् । ती दुइ मोर्चा गाभेर एउटै मोर्चा बनाउँदा ११ घटाउनुपर्ने हुन्छ ।” उहाँ कै भनाइ अनुसार लेनिनले राजनीतिलाई बिजगणित भनेको करणले गर्दा त्यस्तो जुक्ति उत्पन्न भएको रहेछ । उहाँको यो कुराले मेरो ज्यानमा एकपटक करेन्ट लाग्यो । मुख्य कारण त माघ ५ गते नै म आफ्नो रोजी रोटीको लागि कुनै क...