Skip to main content

जनयुद्द बाख्रापालनको लागि गरिएको हो र कमरेड ?



समयका अस्थिपन्जरहरुलाई केलाएर हेर्यो भने यो देशमा चलेको दस बर्षे जनयुद्द त्यो मध्यको मेरुदण्ड हो । भन्ने ले जनयुद्द एउटा शशस्त्र दङ्गा भने पनि त्यो दङ्गामा मर्ने र मारिने कुनै अरु देशका नागरिक होइनन, हाम्रै दाजुभाई दिदीबहिनी नै थिए । टाउकोमा रातो पट्टि बध्नको सोखले युद्द लड्न हिडेको मेरो भतिज देखि जिम्मालको बाट जाग्गा पाउने आशमा हिडेका कार्की दाइसम्मलाइ युद्दले निलेको छ । युद्दले यस्ता धेरै हजार मान्छेहरुलाई निल्यो । युद्दले निलेका व्यक्तिहरु सोझा साझा सामान्य जनता नै बढी थिय । जनयुद्दमा सिदान्त र मुद्दा बुझेर नै हिडेका व्यक्तिहरु चाहिँ मुस्किलले दश प्रतिशत सम्म थिए कि भन्ने मेरो अनुमान छ । त्यो दश मध्य मुस्किलले एक प्रतिशत मात्र युद्दको क्रममा सकिय होलान किनकि उनीहरु चतुर थिय सके सम्म जोगीन्थे । त्यसकारण पनि त्यो जनयुद्द नै थियो भन्ने मेरो बुझाइ हो ।
       आजको दिनमा समयको एल्बम पल्टाएर हेर्यो भने लाग्छ हिजोको त्यो जनयुद्द केटा केटीको ढिकीच्याउ जस्तो रहेछ कहिले यता झाट्ने कहिले उता झाट्ने । दुबैले छाडे बराबर हुने । नेपालि जनताले त्यो खेल बराबर हुनको लागि खेलेका थियनन् एउटा आशा थियो खेल सकिएपछी उनीहरु मात्र निस्कनेछन र हाम्रो जित हुनेछ । निस्कन त उनीहरु निस्के तर अपसोच उनीहरु निस्केपछि हाम्राहरु मात्र ढिकीच्याउमा अडीन सकेनन् । हतपत वर्लेर हातले मात्र अड्याउन थाले । यदि केहि गरि हात फुत्क्यो भने यो खेल बच्चाको भन्दा पनि अर्थहीन हुन्छ यस अर्थमा कि बच्चाहरु खेल बाट आनन्द लिन्छन एउटा अर्थ राख्छ तर हामीहरुले आनन्द लिएर खेलेको खेल होइन यो । यो त हामीले हाम्रो ढाडको ढिकीच्याउ बनाइदिएको खेल हो ।
       जनयुद्दको शाब्दिक तात्पर्य र यसले निम्त्याएको अहिलेको भयाबह अबस्थाको बारेमा केहि बोलेपछि मात्र मैले शिर्षकको बिषय प्रवेश गर्नुको कारण, जस्तो कि हामीहरु सिक्वेल फिल्म हेर्दै छौं भने अगाडिको भाग  सर सरति हेरिसकेपछी मात्र दोश्रो हेर्न रमाइलो मान्छौ नि ।

       यतिबेला छापामा र अनलाइन मिडियाहरुमा पूर्व प्रधानमन्त्री इन्जिनियर डाक्टर बाबुराम भट्टराईको   बाख्रापालनले राम्रो स्थान पाएको छ । अरु बेला कृषिको क नबोलेका/नलेखेका पत्रकार/लेखकहरु पनि बाख्रापालन बारे गुगोलमा खोजेर हुन्छ कि घरमा बा आमालाई फोन गरेर हुन्छ बुझ्न लागिपरेका छन् । गएको हप्ता धेरै खालका पर्तिक्रियाहरु सुनियो सकारात्मक नकारात्मक दुवै खाले सुनियो । यसपाली नकारात्मक भन्दा बढी सकारात्मक प्रतिक्रिया नै बढी सुनियो । लेखक भने कुनै पनि हालतमा यो समाचारलाई राम्रो मान्न सक्दैन ।

      यसको बारेमा बोल्नको लागि सबै भन्दा पहिले बाबुराम भट्टराई के हुन् भन्ने प्रश्नको उत्तर खोज्ने जरुरि रहन्छ । उनि शैक्षिक योग्यताका हिसाबले आर्किटेक्चर इन्जिनियर हुन् । उनको राजनैतिक योग्यता हेर्ने हो भने जनयुद्दका मुख्य डिजाइनर मध्यका एक, यो देशका पूर्व प्रधानमन्त्रि, अहिलेको प्रमुख प्रतिपक्ष दलका उपाध्क्ष र त्यो भन्दा पनि बढी संबैधानिक सम्बाद समितिका अद्यक्ष ।

       बाबुराम को बौद्दिक पक्ष जति सबल छ उनको राजनैतिक भूमिका र संगसंगै पारिवारिक भूमिका ज्यादै कम्जोर रहन्छ/ बनाइन्छ । उनलाई जनता जस्तै भएर बाँच्न मन पर्छ । सायद यसै कारणले प्रधानमन्त्री हुदा  मुस्तांग चढे यसैको लागि एउटा दलित परिवारकोमा गएर संगै खान पनि खाए र मलाई लाग्छ अहिले यसैका लागि नै उनले बाख्रा पाल्ने निर्णय गरे । उनि एक हिसाबले ठिक पनि छन् तर धेरै हिसाबले बेठिक छन् । उनि माथि उल्लेख गरेको एक मात्र कारण "जनता जस्तै बन्न खोज्नु" ले ठिक छन् भने उनि बेठिक भएका केहि कराणहरु म यहाँ राख्न गइरहेको छु । यी कारणहरु मात्र नभएर एउटा सामान्य जनताको छोराले बाबुराम कमरेडको नाममा गरेको सम्बोधन पनि हो 

१. यदि तपाइलाई अहिले आएर बाख्रा पालन नै गर्नु थियो त हिजो किन बाख्रा चराइरहेका हजारौ फुलमतीहरुलाई उठाएर लानुभयो ? तिनै फुल्मतिका परिवार जसले हिजो आफ्नो सन्तान गुमाएका छन् उनीहरुमा अहिले एउटा आशा छ राम्रो संबिधान बन्ला, राम्रो अवसर पाइएला र आफ्नो सन्तानको मृत्यु प्रति गर्ब गर्न सकुला तर हिजो बनमा बाख्रा अलपत्र पारेर सन्तानलाइ उठाएर लानेले नै अहिले बाख्रा पालनामा लागे अरे भन्ने खबर उनीहरुको कानमा पर्यो भने उनीहरुको हालत के होला ?

२. कमरेड ! अहिले देशलाई बाख्रा भन्दा बढी संबिधान चाहिएको छ । संबिधानको लागि बनेको आफ्नै समितिको बैठक आजसम्म कति पटक बसेर बिना निष्कर्ष टुंगियो हिसाब राख्नु भाएको छ ? यस्तो अबस्थामा बाख्रा हेर्न गोर्खा जाने हो कि संबिधान भवन भित्र बसेर संविधानको लागि पहल गर्ने हो ? अनि दुइ तिर कसरि मिलाउने हो ? कि चार हजारको बाख्रा हेर्न जान चालिस हजारको हेलिकप्टर चार्टर गर्ने हो ?

३. "कृषिमा लाग्नको लागि पाठ सिकाउन मैले यो गरें" भन्ने कमरेडको हास्यास्पद अभिव्यक्ति सुनेर दुख लाग्यो । यो बेला देशका किसानले तपाइको पाठ होइन संबिधानमा आफ्नो अधिकार चाहेका छन् । १० वर्ष सम्म खेत बाँझो राखेर तपाइको पछाडी लागेको अर्थ खोजेका छन् । कमरेड माछालाई पानीमा पौडिन तपाइले पाठ सिकाइराख्नु पर्दैन तपाइले सक्नुहुन्छ भने पानिको बेबस्था गरिदिनुस । हिजोका राजनैतिक उपलब्धिहरुलाई संस्थागत गरेर संबिधानमा राख्नु पर्ने बेला यो बाख्राको चक्करमा लाग्नु कुन हिसाबले राम्रो भयो ? यो त धाबकले प्रतिस्पर्दाको बेला लक्षमा पुग्नै लाग्दा एकछिन पानि खान्छु भनेर रेस्ट गरे जस्तो भएन र ? 

४. अर्को एउटा कुरा सार्है दया लाग्यो, कमरेडले यत्रो पढेर पनि थाहा पाउनु भएनछ राजनीति गर्ने नेता को काम के हो भन्ने कुरा ? अहिले तपाइले बाख्रा पालन गरेर ल मानौ पचासहजार जनालाई रोजगार दिनुहोला अनि ति बाहेक अरु चाही कता जाने हो ? बन्दुक बोकेर जंगल जाने कि पासपोर्ट बोकेर खाडी जाने ? हिजो आफैले उठाएका रोजगारका मुद्दाहरु स्थापित गराउन छाडेर अहिले आफै रोजगार खोज्दै हिडेपछि ति मुद्दाहरु उठाउनुको अन्तिम उपलब्धि के होला ?

५. कृषिमा प्राबिधिक बिकाश हुनुपर्छ म मान्छु तर यसको अर्थ यो होइन कि देशका प्रत्यक क्षेत्रका व्यक्ति कृषिमै लाग्नुपर्छ । यदि कमरेड जस्ता देशका इन्जिनियर बाख्रा पालनमा लागे भने भोलि देशमा बिकासको नक्सा चाही कसले बनाउछ ? बाख्राले ? अनि तपाई कृषिको आधारभूत शिक्षा पनि नपढेको मान्छेले गरेको बाख्रा पालन सफल हुन्छ भनेर पत्याउने आधार के छ ? यो त एउटा मनको लहडमा बोलेको फ्याँग्लो गफ भन्दा बढी केहि भएन । बरु सक्नुहुन्छ भने बनाउनुस न कृषि बिश्वबिध्यालय, थप्नुस रामपुर क्याम्पस जस्तै अरु कृषि क्याम्पसहरु । तब मात्र हुन्छ कृषिमा क्रान्ति । इन्जिनियर पढेको मान्छेले बाख्रा पाल्दैमा कृषिको बिकास हुन्छ भन्ने जस्तो बकम्फुसे भ्रमले त कमरेडको टोपी मैल्याउने भन्दा बढी काम केहि गर्दैन ।

    कमरेडलाई लाग्यो होला नेपालि जनता भावनात्मक छन् यस्ता कुरा गर्यो भने सजिलै भोट र समर्थन पाइन्छ । त्यो तपाइले राष्ट्रबादि भन्ने छातीमाथि हात राखेर कहिल्यै सोच्नु भएको छ, भोलि यसले देशको सस्कारलाई काहा पुर्याउछ ? कमरेडलाई सुझाब छ । तपाइहरु जस्तो बिशिस्ट राजनीति र शैक्षिक व्यक्तित्व भएको ब्याक्ति काम बन्ने होइन तरिका बन्ने हो । बाख्रा पालेर हुन्छ या खोरिया खनेर आफ्नो देश बिकास गर्ने काम जनताको हो । तपाइहरुले एउटा योजना बनाउनुस देश बिकासको खाका तयार पार्नुस अवसरहरुको सिर्जना गर्नुस । 


आज पचास डिग्रीको रेगीस्थानामा त पसिना बगाउन पछाडी नपरेका हाम्रा दाजुभाईहरु के आफ्नै देशमा पसिना बगाउदैनन होला ? यदि बाख्रा कुखरा पाल्ने भए गोर्खाका जनताले तपाईलाई होइन अरु कोहि तपाइँ भन्दा अझ राम्ररी बाख्रा पालन जानेको ब्याक्तिलाई भोट दिएर जिताउथे । त्यसकारण कमरेडलाई आफ्नो परिचय र जिम्मेबारी नबिर्सेर अबको केहि वर्ष पार्टीलाई पनि बिर्सेर मात्र देश सम्झेर काम गर्न मेरो अनुरोध छ । हामि चाहन्छौ तपाइको दिमागको सहि सदुपयोगले देशको बिकास होस् । सफलता तपाईलाई पर्खिरखेको छ ।         
अन्त्यमा: अझै पनि बिग्रिसकेको केहि छैन । ढिकीच्याउको खेलमा हामीले बिश्वास गरेका व्यक्तिहरु माथि उक्लिन सक्ने प्रशस्त सम्भावनाहरु जिवितै छन् । यति बेला बाबुराम कमरेड मात्र होइन अरु नेताहरु पनि जनताको मन बहकाउने तानामा नलागी देशलाई एउटा सबल र सक्षम संबिधान दिलाउने प्रयासमा लाग्नुभयो भने भोलि इतिहासले उहाँहरुको मुल्यांकन गर्नेछ ।

Comments

Post a Comment

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...