Skip to main content

Posts

Showing posts from October, 2014

जनयुद्द बाख्रापालनको लागि गरिएको हो र कमरेड ?

समयका अस्थिपन्जरहरुलाई केलाएर हेर्यो भने यो देशमा चलेको दस बर्षे जनयुद्द त्यो मध्यको मेरुदण्ड हो । भन्ने ले जनयुद्द एउटा शशस्त्र दङ्गा भने पनि त्यो दङ्गामा मर्ने र मारिने कुनै अरु देशका नागरिक होइनन, हाम्रै दाजुभाई दिदीबहिनी नै थिए । टाउकोमा रातो पट्टि बध्नको सोखले युद्द लड्न हिडेको मेरो भतिज देखि जिम्मालको बाट जाग्गा पाउने आशमा हिडेका कार्की दाइसम्मलाइ युद्दले निलेको छ । युद्दले यस्ता धेरै हजार मान्छेहरुलाई निल्यो । युद्दले निलेका व्यक्तिहरु सोझा साझा सामान्य जनता नै बढी थिय । जनयुद्दमा सिदान्त र मुद्दा बुझेर नै हिडेका व्यक्तिहरु चाहिँ मुस्किलले दश प्रतिशत सम्म थिए कि भन्ने मेरो अनुमान छ । त्यो दश मध्य मुस्किलले एक प्रतिशत मात्र युद्दको क्रममा सकिय होलान किनकि उनीहरु चतुर थिय सके सम्म जोगीन्थे । त्यसकारण पनि त्यो जनयुद्द नै थियो भन्ने मेरो बुझाइ हो ।         आजको दिनमा समयको एल्बम पल्टाएर हेर्यो भने लाग्छ हिजोको त्यो जनयुद्द केटा केटीको ढिकीच्याउ जस्तो रहेछ कहिले यता झाट्ने कहिले उता झाट्ने । दुबैले छाडे बराबर हुने । नेपालि जनताले त्यो खेल बराबर हुनको लागि खे...

गजल

खुशी भएँ बल्दा दियो जलेको त आँफै रैछु थाहा पाउदा तेल सकियो जलेको त आँफै रैछु समयले मलाइ लागि ऐना भित्र राखिदियो जले जस्तो उ देखियो जलेको त आँफै रैछु कहिले मसाल बोकी हिडें कहिले सडक बालि हिडें देख्दा था'भो खरानी यो जलेको त आँफै रैछु दुइटा थियौं एउटा बनि एउटालाई सक्किनु थ्यो उ त स्वयम् आगो थियो जलेको त आँफै रैछु