म लाई याद छैन मैले पहिलो पल्ट कुन किताब देखेको थिएँ । मैले सम्झन सक्दिन मैले पहिलो पल्ट कहाँ कस्तो अक्षरको आकार बनाएको थिएँ । तर यो कुरा ग्यारेन्टीका साथ भन्न सक्छु म किताबले जन्माएको मान्छे हुँ । किताब नहुदो हो त म अहिले बनेको अलि अलि मान्छे पनि बन्दैनथे सायद । मेरो तनको श्रेय आमालाई जान्छ भने मनको श्रेय किताबलाई जान्छ । मेरो लागि आमा र किताब बराबर हुन् । ५ कक्षा सुरु हुने बेलामा बुवाले किताब मात्र ल्ल्याइदिनु भयो तर गाता ल्याउन छुटाउनु भएछ । मैले किताबमा गाता नहाल्दा सम्म खाना नै खाइदिन । ६० साल तिर मुनामा छापिएको "किताब मेरो साथी" भन्ने कथा मैले १०० पटक भन्दा बढी पढेको थिएं । त्यहा बाट त झन् किताबलाई बढी माया गर्ने भएछु । स्कुल पढ्ने बेलामा मेरो किताब सबैको भन्दा नयाँ हुन्थ्यो । १२ कक्षा पढ्ने बेलामा एक जना महिला मित्र ले ११ को अंग्रेजी किताब माग्नुभयो । जब मैले किताब दिएँ उहाँ त म संग नमज्जाले रिसाउनु भयो । उहाँलाई लागेछ मैले उहाँको मन राख्नको लागि नयाँ किताब किनेर ल्याईदिएं तर मेरो आफैले पढेको पुरानो किताब दिएको थिएँ । १२ मै पढ्ने बेला एकपटक किताबमा लेखेको बिषयमा बिजय ...