आज भन्दा झन्डै एक वर्ष पहिलाको कुरा हो । प्रत्येक जसो क्याम्पसहरु रंगिन फोटा टाँसीएका पोस्टरहरुले झकिझकाउ थिए । सम्पूर्ण बिद्यार्थी संगठनहरु आफ्नो तागतले भ्याएसम्म चुनाबको प्रचारमा ब्यस्त थिए । क्याम्पसहरुको पठनपाठन स्थगित गरिएको थियो । बिद्यार्थीहरु बिचको आन्तरिक झगडाको कारण अन्तिम समयमा आएर चुनाब स्थगित भएको घोषणा गरियो । यो रंगमंचमा पात्र भन्दा बढी दर्शकहरु प्रभावित भए । घर खेत बन्धक राखेर बुढा बा आमाको एक भारी सपना बोकेर सहर पसेकाहरुको सपना माथि नमिठो प्रहार भयो । झन्डै २ महिना चुनाबी नाटकका कारण पठनपाठन पुरै प्रभावित हुन पुग्यो । न चुनाब भयो न त्यो बेला बिगारेको पढाइको क्षतिपूर्ति को नै वेवास्ता गरियो । बिद्यार्थीहरुको हक हित र सुबिधाको लागि स्थापना गर्ने भनिएको स्वबियु अन्तत बिद्यार्थीहरुको स्वत प्राप्त पठनपाठनको हक पनि खोस्ने कारण बन्न पुग्यो । त्रिभुवन बिश्वबिद्यालयले यसपाली पनि नाटकको दोस्रो संस्करण सार्बजानिक गरेको छ । यसपाली भने पहिला गुमेको विश्वासनियताका कारण प्रभाव अल...