हामि जाल्पा रोडको वाटो छिरेर सिद्धार्थचोक निस्कने बाटो हुँदै आयौं तर सिद्धार्थ चोकको मोडमा पुलिस चेकिंक रहेछ बच्ने कुरै भएन । प्रहरीले देखिहाले पनि उसको अपमान नहोस भनेर म पछाडीबाट फुत्त ओर्लिए र अलि अगाडी गए जस्तो गरें । एकजना प्रहरी मामाले बाइक रोकेकै ठाउँमा पुगे । उनले अस्वभाविक रुपमा एक्काशी दुवै जनालाई नमस्कार गरे र परिचय मागे । यो देखेपछी मलाइ अलि बढी हौसला मिल्यो र म पनि नजिकै गएँ । प्रहरीले म तिर देखाउदै भने “ओई त होइनस अघी यिनीहरुको पछाडिवाट झर्ने” एक्कासी उस्ले सम्मान बदलेको देख्दा मलाई अचम्म लाग्यो । “अनि झर्नु पर्छ त यस्तो पानी परेको बेलामा पनि” उनको हाँसेले मेरो डर कम गरिदियो । वडिगार्ड शैलीमा उनले लौरी घुमाउदै अर्को पुलिसलाई आदेश दिए । “ए जगत यिनीहरुको मा.प.शे. चेक गर त ! ” “कहाँ बाग्लुंग बसपार्क हिडेको हो?” उसको ध्यान मामातिर लक्षित भयो । राजिब वाईकवाट ओर्लेर उसको साबिक शैली पत्रकार शैलीमै केही कुरा गर्न थाल्यो, वास्तविकतालाई केहि थपथाप गरेर वर्णन गर्यो । उनी फेरी म तिर आएर बोल्न थाले “तँ चाँही हिडेर जाने हो अब” म केहि बोलिन हाँसे मात्र । यती बोल्दा उसको मुखबाट आएको मदिराको गन्धले मेरो नाकका केहि ग्रंथिहरु फुटाएको मलाई अनुभब भैरहेको थियो । एकछिनको भेज नन्भेज प्रबचन पछाडी उनिहरुले हामीलाई बिदा गरे । मलाई चाँही औलाले देखाएर तँ उ त्यहाँ पुगेपछि मात्र छाड्नु नि भन्ने आदेश भयो । पछी मामा भन्दै हुनुहुन्थ्यो सिपाहीहरुले पनि धेरै नै पिएका थिए ।
प्रहरीले हामि सँग न लाइसेन्स माग्यो न बिल बुक माग्यो खालि केहि नन्भेज पर्वचन मात्र सुनायो र उसको रमिता देखायो । यो घटनाले मेरो मनमा चाही एउटा तरङ्ग उत्पन्न गराएर गयो हाम्रा त्यस पछाडिका थुप्रै कफी बहसको लागि विषयवस्तु प्राप्त भयो ।
प्रहरीले यस्तो गर्नुपर्छ यस्तो गर्नुहुदैन भनेर यो लेखक पाठकहरुको अपमान गर्न चाहदैन । हो हामीलाई थाहा छ गल्तीसबै बाट हुन्छ । सर्वसाधरण जनताबाट गल्ति भएर मा.प.से. गर्छन, चोरीको सबारी चलाउछनं र अयोग्य व्यक्तिले सबारी चलाउछन् भनेर नै पुलिस चेक गर्न राखिएको हो सायद । तर, तिनै चेक गर्न बसेका प्रहरीले गल्ति गर्छन की गर्दैनन् भनेर सडकमा जाँच्ने कुन व्यवस्था बनाइएको छ ? अरुको कमजोरी पत्ता लगाउन वसेको मान्छे आफु कमजोर छ की छैन भनेर मापन गर्ने कुनै मापक चाहिन्छ की चाहिदैन ? आजसम्म प्रहरीको मा.प.शे.चेक गरेको कतै समाचार सुनिएको छैन । तर, डियुटीमा रहेका प्रत्येक प्रहरी न्युनतम कुन अबस्थामा हुनुपर्ने त्यसको चाँही मापन हुने गरोस । हुन त प्रहरी नैतिक रूपमा नै त्यो कुरामा सचेत हुनुपर्छ भन्ने तर्क पनि उठ्लान । तर, यो कुन चाही नैतिकतामा चलेको देश हो र ? अरु सबै ठाउँमा गल्तिको लागि नैतिकताले छेक्नु पर्ने प्रहरीलाई मात्र के जरुरी होला र ? हुनु चाही पर्ने हो सवैलाई थाहा छ तर भैरहेको छैन त्यो पनिं सबैलाई थाहा छ ।
यस विषयमा सम्बन्धित निकायले अरु केहि गर्न नसकेपनि कम्तिमा प्रहरीले हाम्रो परिक्षण गरे जसरी सुरक्षा निकायले पनि एउटा संयन्त्र बनाएर प्रहरीले मा.प.शे. गरे नगरेको परिक्षण गर्न त सक्छ नि होइन र ? अहिले लाई यत्ति मात्र गर्न सक्यो भने पनि प्रहरीको गिरेको छबी धेरै हद सम्म माथि उठान सक्थ्यो भन्ने मेरो अनुमान हो ।
२०७० चैत २९ गतेको पोखरा हटलाइन राष्ट्रिय दैनिक बाट
२०७० चैत २९ गतेको पोखरा हटलाइन राष्ट्रिय दैनिक बाट
Comments
Post a Comment