Skip to main content

आयल निगमको श्राद्ध र बिरालो बाँध्ने बिद्यार्थी संगठन


       आफ्नै निरन्तरता अन्तर्गत हिजो मात्र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृदी गरेको छ भने बिरालो बाँध्ने  कामको निरन्तरता जस्तै विभिन्न बिद्यार्थी संगठनहरुले पनि आन्दोलनको घोषणा गरेर आफ्नो निरन्तरताको क्रमभंगता नगरेको सुचना दिन थालि सकेका छन् यधपी कति संगठनहरु भने सुचनाको “आलराम” नसुनेकाले निन्द्राबाट उठी सकेका छैनन् । सर्बसाधारण जनतालाई सास्ती हुने गरेर मूल्य बृदी गरिएपनि यसमा बिरोध हुनुहुदैन भन्ने यो लेखकको आशय होइन लेखक केवल बिरोधको प्रकृया माथिका असन्तुस्टी हरु मात्र राख्न खोज्दै छ ।

    अलि अगाडिको कुरा हो बजारमा दुइ समुहको आन्दोलन ले गर्दा चक्का जाम भएको थियो । एउटा थियो बिद्यार्थी संगठन र अर्को थियो आयल निगम कर्मचारी युनियन । विद्यार्थीको माग थियो पेट्रोलको मूल्य घट्नु पर्यो, कर्मचारीको माग थियो हाम्रो भत्ता रोकिनु भएन । यहाँ सम्म त ठिकै हो तर अचम्म के थियो भने उनीहरु दुवै संगै मिलेर सडकमा टायर बलिरहेका थिए । यस बाट पनि केहि कुरा बुझ्न सकिन्छ, हामि भित्र कतिपय अबस्थामा ढुंगा हान्नेलाई पनि थाहा हुदैन कि किन ढुंगा हान्दै छु तर कसलाई भन्ने उत्तर चाहिँ लगभग सबै को उस्तै नै हुन्छ ‘सरकारलाई’ । मलाइ सधै भरि अचम्म लाग्ने कुरा हाम्रो देशमा गाली र गुनासोको लागि सबैले गुहार्ने र गालि गर्ने नाम भने पनि सर्वनाम भने पनि एउटै मात्र चिज छ त्यो हो ‘सरकार’ । यसपालिको बिद्यार्थी आन्दोलन पनि करिब करिब सरकार लक्षित बनि सकेको कुरा बिज्ञप्तिहरु ले देखाएका छन् ।

अब भित्र पसौं : आजसम्म दर्जनौ पटक पेट्रोलियम पदार्थमा मुल्यबृदी भयो । त्यो संगसंगै दर्जनौ आन्दोलन पनि भए तर अहिलेसम्म एक दुइ पटक १० बढाएर २ घटाएको प्रसङ्ग बाहेक बिद्यार्थी आन्दोलनकै कारण निगमले मूल्य घटाएको मलाइ याद छैन । यस्तो तितो यथार्थ थाहा पाइसक्दा पनि आजसम्म मूल्य बृदि बिरुदको बिद्यार्थी आन्दोलन्को स्वरुप र प्रकृया परिवर्तन नहुदा बिद्यार्थी आन्दोलनलाई बिरालो बाँधेको भन्दा बढी सोच्न पनि त सकिदैन । अक्सर गरेर बिद्यार्थी हरुको यस्तो आन्दोलनको एजेन्डा हुने गर्छ मूल्य बृदीमा कटौती संगसंगै सरकार प्रमुखको राजिनामा, यसकै वरपर रहेर दु:ख पाउछन केहि थान टायरहरु ढुंगाहरु र सडकहरु ।

हामीले कहिल्यै हेरेनौ मुल्यबृदिको कारणलाई केवल हेरिरहेउ असरलाई मात्र, मूल्य बृदी कसैको पनि रहर होइन यो त कारणहरुको उत्पादन हो । बिद्यार्थी संगठनहरु आन्दोलन कारणको बिरुद्द गर्ने हो कि असरको बिरुद्ध गर्ने हो पहिला त यसमा स्पस्ट हुनुपर्ने हो तर त्यस्तो छैन । आजसम्म भएको चाहिँ, धेरै जसो कारण सबैलाई थाहा छ र पनि  आन्दोलन हुन्छ असरको विरुदमा ।  देखेर पनि आँखा चिम्ले जस्तो गर्नु पर्ने सुनेर पनि कान थुने जस्तो गर्नुपर्ने बाध्यतामा छन् केहि बुझेकाहरु भने सधै अरुको साधन हुदामै फुर्सद छैन साधारण जनताहरुलाइ ।

आन्दोलन गर्ने हरुसंग मेरा केहि प्रश्न हरु छन् ।

सरकारका बिरुद हतियार बनाइएका मूल्य बृदीका स्वरहरु किन कहिल्यै निगम भित्रको भ्रस्टाचार र पारदर्शिता को मुद्धा लिएर सडकमा आउदैनन ? आपूर्तिमा हुने हिनाबिना र निगमका कर्मचारीको मनपरीतन्त्रको बिरुद्धमा किन बृदी हुनु पुर्व बोल्न सक्दैन कोहि ? निजि क्षेत्रलाई आपूर्तिको जिम्मेवारि दिदाका फाइदाका बारेमा कहिल्यै कुनै संगठनले कुरा उठाउन सक्यो ? पेट्रोल आपूर्तिको लागि भारतको विकल्प पनि सोच्नु पर्छ भनेर कुन मुल्यबृदी बिरुद्दको आन्दोलनले कुरा उठायो ? बर्सौ देखि नाफामा चलेको निगम किन एकासी घाटामा गयो ? कसैले माग गर्यो यसको छानबिनको बिषयमा ? किन गरिन्छ आन्दोलन बृदी भैसकेपछि मात्र ? किन गरिदैन आन्दोलन बृदी नै नगराउन ? हामि प्रयोग भैरहने कहिले सम्म हो ?

सायद यी बिषयहरु पहिले लै उठाइयो भने त मुल्याबृदी नै हुदैन र उनीहरुको काम नै हुदैन भन्ने जस्तो गर्छन बिद्यार्थी संगठनहरु । संगठनहरुलाई आन्दोलनको निचोड र निस्कर्ष होइन, केवल आन्दोलन गर्ने कारण चाहिएको छ, गन्तब्य होइन बाटो चाहिएको छ  । यो मूल्य बृदी  आन्दोलन त झन्  संगठनको शक्ति प्रदर्शन गर्ने माध्यम भन्दा बढी केहि भएको पाइदैन ।

पेट्रोलियम पदार्थको मूल्य बृदीको प्रभाब सामान्यतया गाउँमा भन्दा सहरमै बढी मात्रामा पर्ने गर्छ । धेरै पेट्रोलियम पदार्थ त सहरका व्यक्तिहरुको मोज मस्ती र सुबिधाको लागि प्रयोग गर्ने गरिन्छ । सरकारले मुल्याबृदी रोक्नुपर्यो भन्छन संगठनहरु । यसको आशय पक्कै पनि सरकारी ढुकुटी बाट निगमको घाटा बेहोर्नु पर्यो भन्ने नै होला । कर्णाली जाने नूनको भाग कटाएर राजधानीमा शौचालय समेत मोटर चडेर जानेहरुलाई पेट्रोलियम पदार्थको मूल्य घटाउनको लागि आन्दोलन गरे जस्तो पनि त देखियो नि होइन र ? यादी सुनियोजित रुपमै संगठनहरु यसरि प्रयोग भएका हुन् भने एकपटक उनीहरुले आफ्नो नैतिक धरातल खोज्न जरुरि छ र हामि अन्ध भक्त भएर हिड्ने हरुले आँखाको पट्टि उघार्न पनि जरुरि छ ।

संगठनहरु बाटोखोज्न भन्दा पहिला गन्तव्यमा स्पस्ट रहुन, उपलब्दी बिनाका विरोधकै कै लागि गरेको बिरोधमा जनताहरु प्रयोग नहुन, मूल्य बृदिको असर भन्दा बढी कारणमा सबैको ध्यान जान सकोस मेरो चाहना पनि यहि हो ।     

२०७० चैत १ गते पोखरा हटलाइनमा प्रकाशित

Comments

Popular posts from this blog

सायन जस्तै छ 'भागेर भुगोलभरि'

<![endif]--> भूमिका     यो कुनै वाद उपबादको प्रयोग गरेर लेख्न लागेको किताबको समालोचना होइन । यो प्रध्यापकीय समालोचना पनि होइन । अझ बास्तबमै भन्ने हो भने त मलाई समालोचना गर्नै आउदैन । यो त सायन र उसको कविता संग्रह दुवैलाई भेटिसकेपछि उनीहरू बिचको समानता र केही भिन्नता प्रतिको मेरो व्यक्तिगत धारणा मात्र हो । मेरा पाठकहरूलाई त्यसरी नै बुझिदिन आग्रह गर्दछु । कहिले कहीं आकश्मिकताले ठाँउमै हिर्काउछ । गएको पालि एकपटक हिर्कायो । हिँडेको थिएँ चितवन , पुगियो कवास्वती । मलाई पहिला अलि अलि थाहा थियो , एउटा ढेब्रो चस्मा लगाउने कालो बर्णको कवि प्राणी , त्यतै कतै थारु भिलेजको नजिकै बस्छ । मैले उसका केही कविता र त्योभन्दा बढी किस्साहरूमा थारु भिलेजलाई केही महिना अगाडिबाट भेट्दै आएको थिएँ । यसपाली चाँहि कवि सायनले भन्दा बढी किस्से सायनले मलाई बढी तान्यो । (माफ गर्नुहोला , कविता लेख्नेलाई कवि भनेजस्तै किस्सा सुनाउनेलाई के भन्छन मलाई थाहा भएन , आफैले नाम राखिदिए किस्से ।) म सायनलाई भन्दा बढी थारु भिलेजलाई भेट्न गएको थिएँ तर अफसोच थारु भिलेज पुग्ने सपना अधुरै रह्यो । भिलेजम...

फूटपाथको सामान जस्तो नेपाली गजल

        छैटौं शताब्दिमा अरबमा जन्मेर लगभग त्यसको चौध शताब्दी पछि उर्दु,फारसी र हिन्दीको बाटो हुदै नेपाल भित्रिएको गजल विधा, नेपालमा आजको दिनमा सबैभन्दा लोकप्रिय विधा मानिन्छ तर नेपाली साहित्यमा यसलाई सम्मानजनक विधाकोरुपमा भने हेर्ने गरिदैन । सबैले हेर्ने, धेरैले किन्ने, चर्चा पनि हुने तर सधै गुणस्तरको प्रश्न उठ्ने फूटपाथको समान जस्तै गरिन्छ नेपाली गजललाई । यो लेखमा म गजलको इतिहास खोतल्नतिर लाग्दिन फेरि कुनै दिन इतिहासलाई केन्द्रबिन्दुमा राखेर यसमा घोत्लिउला । आज चाँहि बर्तमानलाई केन्द्रबिन्दुमा राखेर नेपाली गजलमा मैले अनुभव गरेका केही अनुभूतिहरू साट्नेछु ।            केही दशक पुरानो कुरा हो भारतमा एउटा मुसायरा भएको थियो। जसको सञ्चालन त्यहाँ उपस्थित भएका मध्ये सबैभन्दा जेष्ठ सायरले गरिराखेका थिए । त्यही भीडमा गजल लेख्दै गरेको दुब्लो गान्धी चस्मा लगाएको एउटा बशिर बद्र नाम गरेको ठिटो पनि थियो । लगभग दर्जन जति कविहरूले कविता/गजल/सायरी सुनाइसकेका थिए त्यसपछि त्यो पातलो ठिटोको पालो आयो उसले मञ्चमा गएर एउटा शेर सुनायो    “उजाले आप्नी ...

मृत्युको अह्वान (कविता)

प्रिय शासक ! म असरफ फयाद तिम्रो हारेको युगमा जितेको सिपाही जो तिम्रो हातबाट मृत्यु चाहन्छ । तिमी र मबीच अलिकति फरक छ । मैले खुदाको मुहार पसिनाको रंगजस्तै देख्छु तिमीले रगतको रंगजस्तै देख्छौ म आफ्नाको जीवनलाई धर्म भन्छु तिमी अर्काको मृत्युलाई धर्म मान्छौ म मृत्युको खबरले पनि निन्याउरो हुन जानिनँ तिमी अमृत पिएर पनि हाँस्न सकेनौ । अरु त सबै उस्तै हो म पनि अँध्यारो मन नपराउने मान्छे । कुरानमाथि हात राखेर यति मात्र भनेको हुँ – प्रेमको भाषा सजिलो हुन्छ अँध्यारोको रंग कालो हुन्छ उज्यालो सबैभन्दा ठूलो धर्म हो र सानो स्वरमा भनें – मलाई पिंजडाको जीवनभन्दा आकाशको मृत्यु मन पर्छ यहाँभन्दा बढी त मैले केही जानेको पनि छैन । धन्य ! तिमीले अन्तिम वाक्य भए पनि सुनेछौ । मेरो प्रिय शासक ! म तिम्रै हातबाट मृत्यु चाहन्छु । मेरो निन्याउरो अनुहार देखेर तिमीलाई रिस नउठ्ला भन्ने पिरले मैले रुन बिर्सिदिएको धेरै भयो बरु मलाई यत्ति पिर छ कि, म हाँसिदिए भने कतै तिमीले निशाना त चुकाउँदैनौ ? तिमीले कसरी मार्छौ, त्यो तिम्रै मर्जी । झुन्ड्यायौ भने मेरो घाँटी थिचिनेछ अनि एक–एक गरी खुल्नेछन् आजसम्म थिचिएका गालाहरु तरबारल...