बचपनसंगै निभेको छ फूलझडी जस्तो जिन्दगी ।। अब बचेको छ केवल यो छडी जस्तो जिन्दगी ।। छिटो हुँदा नि बिग्रने ढिलो हुँदा नि बिग्रने यहाँ दुनिया बिताइरहन्छ घडी जस्तो जिन्दगी ।। तिमीले बिश्वास गरेर यस्तो बनाइदिएकि छौ, म पलपल बाँचिरहेछु हत्कडी जस्तो जिन्दगी ।। यता एक ठाउँमा टाल्यो उता दुइ ठाउँमा भात्किन्छ, कति मर्मत गर्नु र यो झुपडी जस्तो जिन्दगी ।।