उस्ले त टुटायो भर आगो सँग ।। नसोध पानीको खबर आगो सँग ।। हात समाउनु अगाडी एकचोटी सोच्नु, मुस्किल हुनेछ सफर आगो सँग ।। बार्षौँ देखिको मौनता टुटेछ , जब भेटियो सागर आगो सँग ।। जलेका त ज्युँदा शरीरहरु हुन, सरकार सोध्दैछ असर आगो सँग ।। हेर्नुछ कतिन्जेल जोगाउछौ हेर्नुछ, तिमीले परालको घर आगो सँग ।।