Skip to main content

Posts

Showing posts from June, 2013

गजल

यो शहरले त चोर्नेलाई पनि चुनौती दिएछ ।।  चिल्ला सडकहरुबाट चोर स्वयंम लुटिएछ ।।  हिजो लिपी नबुझी विश्वासले सहिछाप गरियो, आज था'भो आफ्नै हातबाट जिन्दगी बेचिएछ ।।  हुलाकिको तलासमा चिठ्ठिले उमेर बितायो, जब हुलाकी भेटियो ठेगाना मेटिएछ ।।  हामी झुक्किएका हौं या हामिलाई झुक्याइएको हो, धेरै पटक बुख्याँचाहरुलाई मान्छे भनिएछ ।। देश बादल्छु भनेकै दिन देखी हराएको थियो, अहिले काँडाहरुको बिचमा 'सुमन' भेटिएछ ।। 

मात्र तीन शेर:

खोजि हिँडे कहाँ छु म कुनको आँखामा ।।   रैनरैछु आज आफ्नै जूनको आँखामा ।।    कुनै बेला यस्तो बिज्ञापन गरेको थेँ, म हराए खोज्न जानु उनको आँखामा ।।  आँशु बनी झर्यो 'सुमन' बस्न सकेन, फूल कहाँ सुहाउथ्यो र सुनको आँखामा ।। 

गजल

कुनै बेलाको प्यार अहिले रिन भएको छ। को को रहेछन आफ्ना बल्ल एकिन भएको छ। कस्ले खोजिदेला मेरो हराएको मान्छे, यहाँ आफैलाई चिन्ऩ त कठिन भएको छ। आकाश देखैर उस्ले आफ्नो धरातल बिर्सेछ, पैतलालाई भारी आज जमिन भएको छ। सिसा कमसल हो या यो अनुहारनै कमसल हो, ऐनामा मेरो चेहेरा मलिन भएको छ। यस्तो विज्ञानले खै हामिलाई कहाँ पुर्याउला, मेसिन मान्छे र मान्छे मेसिन भएको छ। -सुमन लम्साल