मलाई केही भन्ऩ मन छ पहिल्यै देखिको।
तिम्रो नामको धड्कन् छ पहिल्यै देखिको।
हराएको आफ्नो मान्छे फर्केर आएन,
डढेलो लागेको यौवन छ पहिल्यै देखिको।
यहाँ मरेकाहरुको खुसिको लागी,
ज्युँदा काट्ने चलन छ पहिल्यै देखिको।
दुइ छाक पेटभरी खुवाउने शर्तमा,
बन्धकी राखेको जिवन छ पहिल्यै देखिको।
पैसा तिर्नेले मात्र आर्शिवाद पाउछ,
यो व्यापारी भगवान छ पहिल्यै देखिको।
तिम्रो नामको धड्कन् छ पहिल्यै देखिको।
हराएको आफ्नो मान्छे फर्केर आएन,
डढेलो लागेको यौवन छ पहिल्यै देखिको।
यहाँ मरेकाहरुको खुसिको लागी,
ज्युँदा काट्ने चलन छ पहिल्यै देखिको।
दुइ छाक पेटभरी खुवाउने शर्तमा,
बन्धकी राखेको जिवन छ पहिल्यै देखिको।
पैसा तिर्नेले मात्र आर्शिवाद पाउछ,
यो व्यापारी भगवान छ पहिल्यै देखिको।
Comments
Post a Comment