कैले विजय जस्तो कैले पराजय जस्ताे ।
जिन्दगी त रहेछ आखिर अभिनय जस्तो ।
बरु छाडेरै जाउ कुनै गुनासाे गर्दिन,
तिमी भएर नि हुनु भन्दा नभए जस्तो ।
मौन तिम्रा गुलाबी अधर नियालेर हेर्दा
म देख्छु वेगसॅग आएको प्रलय जस्तो ।
सडकलाई सत्ता र सत्तालाई सडक बनाइदिने,
काेही भेटीएन शक्तिशाली समय जस्तो ।
जिन्दगी त रहेछ आखिर अभिनय जस्तो ।
बरु छाडेरै जाउ कुनै गुनासाे गर्दिन,
तिमी भएर नि हुनु भन्दा नभए जस्तो ।
मौन तिम्रा गुलाबी अधर नियालेर हेर्दा
म देख्छु वेगसॅग आएको प्रलय जस्तो ।
सडकलाई सत्ता र सत्तालाई सडक बनाइदिने,
काेही भेटीएन शक्तिशाली समय जस्तो ।
Comments
Post a Comment