हो मालिक रहर सानो जतन गरेर राखेको छु। भरे खाने एक मानो जतन गरेर राखेको छु। तिमिले जानेबेला आँशु पुछ्न दिएको रुमाल, भा'को छैन पुरानो जतन गरेर राखेको छु। पानी र असिना पर्दा यै छातिमा थाप्ने गर्छु , मैले यसरी घरको छानो जतन गरेर राखेको छु। फेरी दिल टुक्राउन मन लाग्दा फर्केर आउनु, तिम्रो लागि अचानो जतन गरेर राखेको छु।