रेडियो सराङकोटले आयोजना गरेको खुल्ला प्रणय गजल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल गजल:
कति ढल्छन कति मर्छन तिम्लाई देखेसी।
फूलहरुले डाहा गर्छन तिम्लाई देखेसी।
अप्सराको सुन्दरतानी फिक्का लाग्नेछ,
देउताहरु भुइँमा झर्छन तिम्लाई देखेसी।
समिप आयौ भन्दै लाई किन कराउछ्यौ,
लासहरु त नजिक सर्छन तिमलाई देखेसी।
झुक्केर नि तिमी कहिल्यै मन्दिर नजानु,
मुर्तीहरु आँखा तर्छन तिम्लाई देखेसी।
यो संसारमा के के हुन्छ सोच्न सक्दिन,
जून र तारा ओझेल पर्छन तिमलाई देखेसी।
मै आँफू नै भेट्न आँउला बाहीर ननिस्क,
यहाँ फेरी अरु लर्छन तिम्लाई देखेसी।
'सुमन'ले त के के गर्ला कुरा नगरौँ,
पलाँसहरु सुवास छर्छन तिम्लाई देखेसी।
लय: (4+4+5=13)
-सुमन लम्साल
कति ढल्छन कति मर्छन तिम्लाई देखेसी।
फूलहरुले डाहा गर्छन तिम्लाई देखेसी।
अप्सराको सुन्दरतानी फिक्का लाग्नेछ,
देउताहरु भुइँमा झर्छन तिम्लाई देखेसी।
समिप आयौ भन्दै लाई किन कराउछ्यौ,
लासहरु त नजिक सर्छन तिमलाई देखेसी।
झुक्केर नि तिमी कहिल्यै मन्दिर नजानु,
मुर्तीहरु आँखा तर्छन तिम्लाई देखेसी।
यो संसारमा के के हुन्छ सोच्न सक्दिन,
जून र तारा ओझेल पर्छन तिमलाई देखेसी।
मै आँफू नै भेट्न आँउला बाहीर ननिस्क,
यहाँ फेरी अरु लर्छन तिम्लाई देखेसी।
'सुमन'ले त के के गर्ला कुरा नगरौँ,
पलाँसहरु सुवास छर्छन तिम्लाई देखेसी।
लय: (4+4+5=13)
-सुमन लम्साल
Comments
Post a Comment