रेडियो सराङकोटले आयोजना गरेको खुल्ला प्रणय गजल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल गजल: कति ढल्छन कति मर्छन तिम्लाई देखेसी। फूलहरुले डाहा गर्छन तिम्लाई देखेसी। अप्सराको सुन्दरतानी फिक्का लाग्नेछ, देउताहरु भुइँमा झर्छन तिम्लाई देखेसी। समिप आयौ भन्दै लाई किन कराउछ्यौ, लासहरु त नजिक सर्छन तिमलाई देखेसी। झुक्केर नि तिमी कहिल्यै मन्दिर नजानु, मुर्तीहरु आँखा तर्छन तिम्लाई देखेसी। यो संसारमा के के हुन्छ सोच्न सक्दिन, जून र तारा ओझेल पर्छन तिमलाई देखेसी। मै आँफू नै भेट्न आँउला बाहीर ननिस्क, यहाँ फेरी अरु लर्छन तिम्लाई देखेसी। 'सुमन'ले त के के गर्ला कुरा नगरौँ, पलाँसहरु सुवास छर्छन तिम्लाई देखेसी। लय: (4+4+5=13) -सुमन लम्साल