By
suman lamsal
प्राणप्यारो देशसँग दुरी लिएर।
बाँच्नुपर्यो कस्तो मजबुरी लिएर।
तिम्रो यात्रामा मलाई निम्ता नगर,
हिड्न सक्दैन दियो हुरी लिएर।
सोच्नुस त त्यहाँ कस्तो अत्याचार भा'रैछ,
कलमहरु उठेकाछन छुरी लिएर।
मेरा गजल कविताको विरोधमा एक दिन,
भगवान झर्नेछ उजुरी लिएर।
म तिम्लाई भेट्न गजल लिएर आउछु,
कृष्ण जी गएझै बाँसुरी लिएर।
- Get link
- X
- Other Apps
Labels
गजल
Labels:
गजल
- Get link
- X
- Other Apps
Comments
Post a Comment