गजल
शंशोधन भएभने तिम्रा रहरहरुमा।
खुशी फल्नेछ नदिका बगरहरुमा।
धेरै कसरतसँग मुखले ढाँटेको कुरा,
छर्लङग देखियो तिम्रा नजरहरुमा।
बनाउनेले हाँसो बनाउनै बिर्सेंछ,
गरीब र निमुखाका अधरहरुमा।
एक दिन त पक्कै जहाज ठोकिनेछ,
यी शहरका अग्ला अग्ला घरहरुमा।
सबभन्दा बढी खुशी मजदुर हुनुपर्ने,
भगवान भेटिने भए पत्थरहरुमा।
-सुमन लम्साल
चिसापानी ५ स्याङ्जा
हाल; ईन्जिनियरिङ अध्यायन संस्थान पश्चिमाञ्चल क्याम्पस,लामाचौर पोखरा
शंशोधन भएभने तिम्रा रहरहरुमा।
खुशी फल्नेछ नदिका बगरहरुमा।
धेरै कसरतसँग मुखले ढाँटेको कुरा,
छर्लङग देखियो तिम्रा नजरहरुमा।
बनाउनेले हाँसो बनाउनै बिर्सेंछ,
गरीब र निमुखाका अधरहरुमा।
एक दिन त पक्कै जहाज ठोकिनेछ,
यी शहरका अग्ला अग्ला घरहरुमा।
सबभन्दा बढी खुशी मजदुर हुनुपर्ने,
भगवान भेटिने भए पत्थरहरुमा।
-सुमन लम्साल
चिसापानी ५ स्याङ्जा
हाल; ईन्जिनियरिङ अध्यायन संस्थान पश्चिमाञ्चल क्याम्पस,लामाचौर पोखरा
Comments
Post a Comment