गजल शंशोधन भएभने तिम्रा रहरहरुमा। खुशी फल्नेछ नदिका बगरहरुमा। धेरै कसरतसँग मुखले ढाँटेको कुरा, छर्लङग देखियो तिम्रा नजरहरुमा। बनाउनेले हाँसो बनाउनै बिर्सेंछ, गरीब र निमुखाका अधरहरुमा। एक दिन त पक्कै जहाज ठोकिनेछ, यी शहरका अग्ला अग्ला घरहरुमा। सबभन्दा बढी खुशी मजदुर हुनुपर्ने, भगवान भेटिने भए पत्थरहरुमा। -सुमन लम्साल चिसापानी ५ स्याङ्जा हाल; ईन्जिनियरिङ अध्यायन संस्थान पश्चिमाञ्चल क्याम्पस,लामाचौर पोखरा