रहरले सानो झुपडी बनाएको छु
मैलाई थाह छैन कसरी अटाएको छु ।
हेरौला भोकमरीले कसरी सताउछ
मझेरी खनेर धान लगाएको छु ।
मलाई भेट्न चाहनेहरु आगोमा आउ
मैले भर्खरै आफ्नो चिता जलाएको छु ।
भो सरकार मलाई केहि चाहिदैन
यी योजनाहरुले नै म अघाएको छु ।
सपनामा कसैले पेटभरी खुवायो
अनि भनिदियो म निदाएको छु ।
मैलाई थाह छैन कसरी अटाएको छु ।
हेरौला भोकमरीले कसरी सताउछ
मझेरी खनेर धान लगाएको छु ।
मलाई भेट्न चाहनेहरु आगोमा आउ
मैले भर्खरै आफ्नो चिता जलाएको छु ।
भो सरकार मलाई केहि चाहिदैन
यी योजनाहरुले नै म अघाएको छु ।
सपनामा कसैले पेटभरी खुवायो
अनि भनिदियो म निदाएको छु ।
Comments
Post a Comment