रहरले सानो झुपडी बनाएको छु मैलाई थाह छैन कसरी अटाएको छु । हेरौला भोकमरीले कसरी सताउछ मझेरी खनेर धान लगाएको छु । मलाई भेट्न चाहनेहरु आगोमा आउ मैले भर्खरै आफ्नो चिता जलाएको छु । भो सरकार मलाई केहि चाहिदैन यी योजनाहरुले नै म अघाएको छु । सपनामा कसैले पेटभरी खुवायो अनि भनिदियो म निदाएको छु ।