भगवानको चित्र पत्याउ कि नपत्याउ?
देख्याछौ र मित्र पत्याउ कि नपत्याउ?
हिजो प्रस्ताव अस्वीकार आज आत्महत्या,
कस्तो यो विचित्र पत्याउ कि नपत्याउ?
रगतले पोतिएकाछन भित्ताहरु,
त्यही मन्दिर पवित्र पत्याउ कि नपत्याउ?
घडेरी आजकाल विक्रिमा छ अरे,
सिँहदरबार भित्र पत्याउ कि नपत्याउ?
मन्त्रले फुकेर दवाई खुवाईन्छ,
डाक्टरको चरीत्र पत्याउ कि नपत्याउ?
Comments
Post a Comment