उ उपहारमा सधै आगो लिएर आउछ । । अनी मेरा सप्नाहरु खरानी बनाऊछ । । एक छाक कै लागी शिर झुक्नेवाल छ, मलाई लाग्दैन भोकले स्वाभिमान बचाऊछ । । बन्दुकको नाल ले जन्माएको कलम ले, हेरौंल कसकसको भाग्य रङगाऊछ । । मरेको छोराको सालिक बनेछ, तेस्ले अन्धी आमालाई कसरी हसाऊछ । । निशानामा श्रीमती र आमा परेछन्, खै अब त्यो गोली उस्ले कस्लाई चलऊछ । ।