(लय 3/2/3/2/3/3)
म तिम्रो साथमा यो भध्य रातमा भन न के गरुँ?
झस्केर हेर्दा तस्विर छ हातमा भन न के गरुँ?
चुमेसी लाली पिएछु क्यारे नशालु ती अधर,
डुबेनी म त्यहि नसाको मातमा भन न के गरुँ?
झन जति पियो झन उति तिर्खा बढाउने कस्तो हो?
अल्झिए लौ न बोलेकै बातमा भन न के गरुँ?
तिम्रै हो भनि सम्झाउन खोज्छु मन कहाँ मान्छ र?
हावाले आफै छोएसि पातमा भन न के गरुँ?
बजेसि चुरा ढुङ्गाले पनि कान ठाडो गराउछ,
साँच्चिकै तिम्रो जादु छ साथमा भन न के गरुँ?
SUमन

Comments
Post a Comment