By
suman lamsal
हाँसो बेचि धेरै खुसि कमाएको देख्दा देख्दै।
यता आगो झोसि उता रमाएको देख्दा देख्दै।।
कसरी म तिमिलाईनै मनपराउछु भनूँ प्रिय,
मेरै अघि अर्कैको हात समाएको देख्दा देख्दै।।
रोक्न खोज्छु आँशुहरु आखिर किन रोकिन्थे र,
आफ्नो मान्छे आफूलेनै नपाएको देख्दा देख्दै।।
म पनि त उस्तै मान्छे आगो झोस्न खोजि हाल्ने,
तिमले दिलमा मट्टितेल खनाएको देख्दा देख्दै।।
-Suमन
- Get link
- X
- Other Apps
Labels
गजल
Labels:
गजल
- Get link
- X
- Other Apps
Comments
Post a Comment