Skip to main content

Posts

Showing posts from March, 2012

gazal

तिम्रो याद छाल सरी आउछ घरी घरी। आँखाबाट बर्षे झरी आउछ घरी घरी। किन मुटु टुक्रा हुन्छ? मन किन रुन्छ? प्रश्न पनि नानाथरी आउछ घरी घरी। रुँदा रुँदा आँखा सुक्छ, आफ्नै छायाँ लुक्छ नचिनेको हो झैँ गरी आउछ घरी घरी। बोट टुक्रा टुक्रा पर्यो बाँकि फूलनि झर्यो, असिना नि मन परी आउछ घरी घरी। सम्झनाको आँधि चल्दा दिलमा आगो बल्दा, मन भित्र नै भुमँरी आउछ घरी घरी। बिर्सन्छु म भन्दै धुजा धुजा पारेँ तर, त्यहि तस्बिर आँखाभरी आउछ घरी घरी।

gazal

यो जित र हार कति दिन रहला? मान्छेको ब्यापार कति दिन रहला? बफादार हार्छ नातेदारले जागिर खान्छ, हाम्रो यो संस्कार कति दिन रहला? मजदुर मर्दा सडकको लास उठ्दैन, गरीबलाई तिरस्कार कति दिन रहला? पैसाको खेतिले अबिर उब्जायछौ, किनेको पुरस्कार कति दिन रहला? बन्दुकलाई त जनताले घुँडा टेकाए, तरबारको धार कति दिन रहला? सुनेको छु छिमेकिको खुट्टा ढोगेन रे, अब यो सरकार कति दिन रहला? साँझ परेसि भट्टि नछिरी हुदैन, खल्तिको हजार कति दिन रहला?

muktak

आफैले पुज्ने प्रणयको गितामा जल्दैछु। बाल्दैछु सम्झना अनि कबितामा जल्दैछु। प्रेम अमर हुन्छ भनि ढोल बजाउदै हिँडे, तर आज त्यहि प्रेमको चितामा जल्दैछु। -SUM@N