Skip to main content

Posts

Showing posts from February, 2012

gazal

उ भन्छ म बाहेक दुनीयाँ गलत छ। खुलेआम भन्दिन्छु कसको के हालत छ। दिँउसोको भाषणमा जहाँको बिरोध गर्छ, साँझ परेसि त्यही छिर्ने उसको आदत छ। सँयौ जवानी पर्दा पछी पछारेर, ढुक्क सँगनै भन्दैछ मेरो इज्जत छ। ज्ञानले मात्र पेट नभरीयरै होला, आजका बुद्धको नि उसकै सँगत छ। राहात पाउन छातिको कोठि देखाएर, उ भन्दैछ यहिनिर गोलीको खत छ। पत्रकारलाई गोली ठोकेर गर्जन्छ, हेरौ त अब लेख्ने कसको तागत छ। थाह छ र पनि उसकै पछि लाग्दैछु, किनकि उसैसँग सारा जनमत छ।

muktak by suman

जनताका सपनाहरु जल्ने तयारीमा छ। आफ्नै छायाँले आफैलाई छल्ने तयारीमा छ। पुस्ताहरुको इतिहास धान्ऩको लागि, अब यो सरकार ढल्ने तयारीमा छ।   रातको जुन नि अजमोलि घाम हुदैछ। तिमिबाट दुई नम्बरी काम हुदैछ। तिम्रो त्यो बहुमुल्य प्रेम किन्ऩलाई, बन्दक राख्या मेरो मुटु लिलाम हुदैछ।   किलो मात्र होइन यहाँ पाउ बढेको छ। पराईको चोरी हान्ऩे दाउ बढेको छ। प्रत्यक चिजको आजभोली मुल्यवृद्धी भाछ भन्छन, त्यहि भएर रैछ तिम्रो भाउ बढेको छ।   तिम्ले पाइला चालेउ मैले चाल्न बाँकि छ। टुक्रा टुक्रा भाछ मुटु टाल्न बाँकि छ। तिमलाई भुल्न अब कुनै कसुर बाँकि छैन प्रिया, आखाँ चिम्लि सेतिमा हाम फाल्न बाँकि छ।   आकाशको एक्लो तारा झर्दा तिम्रै नाम छ मुखमा। मन्दिर गइ फुलपाति छर्दा तिम्रै नाम छ मुखमा। अझै पनि माया गर्छु भन्दा तिमले पत्याउदिनउ, तिमले दिएको बिष पिएर मर्दा तिम्रै नाम छ मुखमा।   थाई नदिइ सुटुक्क मन चोरदिउ जस्तो लाग्छ। तिम्रै नाउमा गजल मुक्तक कोरदिउ जस्तो लाग्छ। एक छिन मात्र तिम्रो फोन ब्यस्त भयो भने, रिस उठेर आफ्नै मोवाइल फोरदिउ जस्तो लाग्छ।          

gazal

तिम्रो महल अनि मेरो घरमा फरक छ। गमला र देउरालीको वरमा फरक छ। कुकुर अनि मान्छे मर्दा उस्तै उस्तै हुन्छ यहाँ, मेरो गाँउ तिमी बस्ने शहरमा फरक छ। रङ्ग एउटै गन्ध एउटै तर स्वाद अलिक वेग्लै, तिम्रो अमृत अनि मेरो जहरमा फरक छ। गुड्न समेत गाह्रो मलाइ तिमि माथी उड्ने भन्छेउ, मत मिल्दैन हामि दुइको रहरमा फरक छ। कमाउनलाई बाँच्छेउ तिमि बाँच्नलाई कमाउछु म, तिम्रो मेरो संसार हेर्ने नजरमा फरक छ।

new gazal

कर्णालीमा स्याउ सड्याछ खै कसरी बाँच्ने होला। दिनै पिच्छे भाउ बड्याछ खै कसरी बाँच्ने होला। जलस्रोतको दोस्रो धनि भन्ऩ पनि लाज लाग्छ, अन्धकारमा देश लड्याछ खै कसरी बाँच्ने होला। हाँक्दा हाँक्दै गाडी उसले भिरमा पुर्याई सकेकोछ, ड्राइभर आँफै जड्याँहा छ खै कसरी बाँच्ने होला। मै हुँ ज्ञानि सबलाई अब मै सिकाउछु धर्म भन्दै, गाई खानेले वेद पढ्याछ खै कसरी बाँच्ने होला। हेर्नपनि दिदैनन घरबेटीले आफ्नी छोरी, उसैमाथि दिल गड्याछ खै कसरी बाँच्ने होला।

valentine day special gazal

मेरो दिलमा तिम्रो आगमन बिस्तारै बिस्तारै। बढ्दैछ मेरो मुटुको धड्कन बिस्तारै बिस्तारै। नजरको जबाफ अधरले फर्काउछ्यौ, उकालि चढ्दैछ तिम्रो यौबन बिस्तारै बिस्तारै। मुना र मदनको के कुरा गरेँथेँ, डरायझैँ गरी कस्यौ आलिङ्गन बिस्तारै बिस्तारै। पुच्छ्दै निशानि लालि अधरको, मेरै हातमा थमायौ जीवन बिस्तारै बिस्तारै। तिमि र म अनि बाँकि प्रणय दिवस थियो, जुन दिन काटियो प्रेमको रीबन बिस्तारै बिस्तारै। नशा झैँ प्रेमको के प्याला पिलायौ, सकेन थाम्न ढल्दैछ सुमन बिस्तारै बिस्तारै।.

falgun7

यो देशमा प्रजातन्त्र आएको झण्डै 61 बर्ष पुगेछ तर पनि नेपाली जनताले कहिल्यै प्रजातन्त्रको अनुभब गर्न पाएनन्। कहिले पञ्चायत त कहिले निरङकुस राजतन्त्र को अन्तयको लागि भन्दै सोझा निरीह जनतालाई हतियार बनाइयो। जसले जति नै ठूला भाषण र जति नै प्रचारबाजी गरेपनि देशमा मानवाधिकारको स्थिती ज्यादै नाजुक छ। अधिकारकर्मी स्वंम आफ्नैको ज्यानको सुरक्षा छैन। अझैपनि एउटा महिला बोक्सिको आरोपमा मारीन्छिन, बिना कसुर अबो ध बालबालिका मारीन्छन के यहि हो त प्रजातन्त्र? सोझा जनतालाई ढाल बनाएर कयौँ चेलीको सिँदुर पुछेर कयौँ आमाहरुको मुटुको टुक्रा चुडाएर ल्याएको प्रजातन्त्रलाई आफ्नै बाउको पेवा जस्तो गर्ने यी नेताहरुले यसको प्रत्याभुति चाँहि कहिले गराउछन। प्रजातन्तत्र आयो भन्दा पनि नेपाली जनताले के पाय भन्ऩे कुरा रहन्छ। बिगतलाई मन्ऩ गर्दै वर्तमानमा उभिएर भविष्यको लागि खबरदारी गर्न सक्ने शक्ति नेपाली जनतालाई मिलोस प्रजातन्त्र दिवसमा मेरो यहि कामना छ। -Suमन